कृषि उत्पादनका प्रमुख तत्वहरु असल बीउ, सिंचाई, मल, प्रविधि, यातायात विद्युत र प्राविधिक ज्ञान सिपको अति आवश्यक भएकोले भौगोलिक कठिनाई, सिचाई र यातायातको कमी तथा उन्नत बीउ र रासायनिक मल आदीको अभावमा चाहेर पनि प्रति इकाई क्षेत्रफलमा उत्पादन र उत्पादकत्व बृद्धि हुन नसकिरहेको सन्दर्भमा कृषकहरुले सरल र सहज रुपमा गुणस्तरीय बीउ पाउन सकुन भन्ने उद्देश्यले देशका ५ विकास क्षेत्रमा क्षेत्रीय बीउ विजन प्रयोगशाला स्थापना गरी बीउको गुणस्तर नियन्त्रण गर्ने कार्यलाई तिव्रता दिन आ.व. २०४९।५० मा यस प्रयोगशालाको स्थापना कैलालीको धनगढीमा भएको हो । आ.व.२०४९।५० मा कृषि बिभागबाट कृषि अनुसन्धान अलग भई नेपाल कृषि अनुसंधान परिषदको स्थापना पश्चात बिभिन्न अनुसन्धान केन्द्रहरु अन्तर्गत रहेको केन्द्रीय तथा क्षेत्रमा रहेका बीउ परीक्षण प्रयोगशालाहरु कृषि बिभाग मातहतमा आएपनि यस सुदुर पश्चिमाञ्चल क्षेत्रमा बीउ परीक्षण प्रयोगशाला नभएकोले तत्कालिन श्री ५ को सरकारले यस क्षेत्रमा पनि प्रयोगशाला स्थापना गर्ने लक्ष्य अनुरुप कैलालीको धनगढीमा आ.व. २०४९।५० मा क्षेत्रीय बीउ बिजन प्रयोगशालाको स्थापना भएको थियो । तत्कालिन श्री ५ को सरकार म.प.को २०५९।४।३ को निर्णय अनुसार सिंचाई बिभाग अन्तर्गत रहेको पाईलट कृषि फार्म सुन्दरपुर कृषि बिभाग अन्तर्गत आएपछि सवै क्षेत्रीयस्तरको कार्यालयहरुलाई एकै ठाँउमा राखी सेवाग्राहीहरुलाई सेवा दिने कृषि बिभागको उदेश्य अनुरुप यस फार्म परिसर भित्र आ.व. २०६०।६१ असोजमा यो प्रयोगशाला स्थानन्तरण भई कार्य संचालन गर्दै आईरहेको छ । कृषि बिभागको मिति २०६५।१०।३ को निर्णय अनुसार क्षेत्रीय कृषि तालीम केन्द्र, सुन्दरपुरको स्वामित्वमा रहेको जग्गा यस सुन्दरपुर फार्म परिसर भित्र रहेका ३ वटै प्रयोगशालाहरुलाई  ५ कठ्ठाको दरले र क्षेत्रीय कृषि तालीम केन्द्रको लागि प्रर्दशन अध्ययन कार्य गर्न १० कठ्ठा जमिन छुट्याई बाँकी जमिन क्षेत्रीय बीउ बिजन प्रयोगशाला सुन्दरपुरको बार्षिक स्विकृत कार्यक्रम अनुसार श्रोत बीउ उत्पादन कार्य संचालन गर्न जमिन उपलब्ध गराउने निर्णय भए अनुरुप आ.व.०६४।६५ देखि क्षेत्रीय बीउ बिजन प्रयोगशाला सुन्दरपुरले फार्म संचालन गरि धान तथा गँहु बालीको श्रोत बीउ उत्पादन गर्दै आईरेहेको थियो।

 आ.व. २०७५।०७६ को श्रावण देखी सघं मातहत स्थापना भएको कृषि विकास फार्म सुन्दरपुरले  बीउ उत्पादनको कामहरु गरिरहेको छ । यसका साथै यस प्रयोगशालाले यस सुदुरपश्चिम प्रदेशका ९ जिल्लाहरुका विभिन्न कृषकवर्ग कृषक, समुह, बीउ कम्पनी, सहकारी, जिल्ला स्थित कृषि ज्ञान केन्द्र, अनुसन्धान र फार्म केन्द्रहरुमा उत्पादीत बीउ र बीजबृद्धि कार्यक्रमहरुको बीउ परिक्षण, बीउ वाली खेत निरीक्षण, बीउ प्रमाणीकरण, बीउ बजार अनुगमन नमुना संकलन र परिक्षण, बिभिन्न बालीहरुका जातीय परिक्षण तथा प्रदर्शन,  बीउ विजन गुणस्तर नियन्त्रण तालिम,  भण्डारण निरीक्षणका साथै सबै निजी बीउ व्यवसायीहरुबाट बिक्री हुने बीउको गुणस्तर नियन्त्रण कार्य गर्दै आइरहेको छ ।