यस प्रयोगशालाको मुख्य उद्देश्यहरू निम्न प्रकार छन्:

(१) बीउ परीक्षण, बीउ बाली खेत निरीक्षण र बीउ प्रमाणीकरण विधिद्वारा बीउको गुणस्तर नियन्त्रण कार्यान्वयन गरी आम किसानहरूमा गुणस्तरीय बीउको सुनिश्चिततामार्फत उत्पादन तथा उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने।

(२) गुणस्तरीय बीउ उत्पादन, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनसम्बन्धी तालिम तथा प्रचार-प्रसार सेवा प्रदान गर्ने।

(३) विभिन्न बीउ उत्पादक संस्था, बीउ व्यवसायी, बीउ-बिजन कम्पनी तथा निजी बीउ व्यवसायीहरूको बीउ भण्डारण निरीक्षण गर्ने र बीउको गुणस्तर ह्रास हुनबाट जोगाउन आवश्यक सेवा तथा सल्लाह दिने।

(४) बीउ बजार निरीक्षण गरी विभिन्न बीउ उत्पादक संस्था तथा निजी बीउ व्यवसायीहरूबाट नमूना संकलन (खरिद) गर्ने र सोको परीक्षण गरी बीउको गुणस्तर कायम राख्न सहयोग पुर्‍याउने।

(५) बीउ-बिजन नीति २०५६, बीउ-बिजन ऐन २०४५, बीउ-बिजन नियमावली २०८१ तथा यस अन्तर्गत लागू हुने बीउ-बिजन गुणस्तर नियन्त्रण निर्देशिका तथा मापदण्ड प्रभावकारी रूपमा लागू गर्न/गराउन सहयोग गर्ने।

(६) प्रदेशको बीउ-बिजन वासलात (Balance Sheet / Requirement & Availability Plan) तयार गर्ने।

(७) विभिन्न बालीका उन्नत जातहरूको प्रदर्शन तथा परीक्षण कार्य गर्ने।